एजेन्सी । युरोपियन क्लब फुटबलमा जर्मनीको बुन्डेस लिगा निकै चर्चित छ । इन्ग्लिश प्रिमियर लिग र स्पेनिस ला लिगापछि बुन्डेस लिगा सर्वाधिक रुचाईने लिगमा पर्छ।
यस सिजनको बुन्डेस लिगाको उपाधि वायर्न म्युनिखले हात पार्यो । वायर्नले लगातार सातौं पटक उपाधि जितेको हो । उपाधि जित्ने क्रममा वायर्नले बोरुसिया डर्टमण्डलाई २ अंकले पछि पारेको थियो ।
यस सिजनको बुन्डेस लिगामा उत्कृष्ट प्रदर्शन गर्ने ५ डिफेन्डरहरु यसप्रकार छन् ।
१. जोसुवा किमिच (वायर्न म्युनिख)
वायर्न म्युनिखका डिफेन्डर किमिच यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने डिफेन्डरको सूचीको पहिलो स्थानमा रहेका छन् । यस सिजन क्लबलाई उपाधि दिलाउन उनले डिफेन्समा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
२४ वर्षीय किमिचले यस सिजन औषतमा प्रति म्याच १.४ ट्याकल, १ क्लियर र ०.९ ब्लक खेलेका छन् । जर्मनीका उनले १३ गोलका लागि असिस्ट र २ गोल गरेका थिए ।
२. मार्सेल हाल्सटेनबर्ग (आरबी लेपजिङ)
आरबी लेपजिङका डिफेन्डर मार्सल हाल्सटेनबर्ग यस सिजन बुन्डेस लिगाको उत्कृष्ट डिफेन्डर मध्येका एक हुन् । जर्मनीका २७ वर्षीय हाल्सटेनबर्गले २८ खेलमा ३ गोल र ६ गोलका लागि असिस्ट गरेका थिए । उनले यस सिजन औषतमा प्रति म्याच २.४ ट्याकल र १.९ क्लियर गरेका थिए ।
३. आच्रफ हाकिमी (बोरुसिया डर्टमण्ड)
डर्टमण्डका २० वर्षीय युवा डिफेन्डर हाकिमी रियल मड्रिडबाट २०१८ मा क्लब आएका थिए । उनले यस सिजन २१ खेलमा २ गोल र ४ गोलका लागि असिस्ट गरेका थिए ।
४. डेनी डा कोस्टा (फ्रान्कफर्ट)
फ्रान्कफर्टका डिफेन्डर कोस्टाले यस सिजन लिगमा उत्कृष्ट प्रर्दशन गरेका थिए । २५ वर्षीय कोस्टाले ३४ खेलमा २ गोल र ४ गोलका लागि असिस्ट गरेका थिए । कोस्टाले यस सिजन प्रति म्याच औसतमा १.८ ट्याकल र १.६ क्लियर र ०.३ ब्लक गरेका थिए ।
५. निको सुल्ज (होफेनहाइम)
यस सिजन बुन्डेस लिगामा उत्कृष्ट प्रदर्शन गर्ने डिफेन्डरमा होफेनहाइमका निको सुल्ज पनि एक हुन् । निकोले यस सिजन ३० खेलमा १ गोल र ५ गोलका लागि असिस्ट गरेका थिए ।