एजेन्सी । ईटालियन क्लब ईन्टर मिलानले एन्टोनियो कोन्टेलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।
चेल्सीका पुर्व प्रशिक्षक कोन्टेलाई ईटालियन क्लबले सन् २०२२ सम्मका लागि नियुक्त गरेको हो ।
‘म निश्चित छु, कोन्टे उत्कृष्ट मध्यका एक प्रशिक्षक हुन् ।’ ईन्टरका अध्यक्ष स्टेभन झाङले भनेका छन् ।
‘मलाई लाग्छ, उनीले हाम्रो लक्ष्य र उपलब्धी हासिल गर्नमा सहयोग गर्नेछन् । तर हाम्रो बाँकी कार्यभार पुरा गर्दै क्लबलाई विश्वकै उत्कृष्ट बनाउनेछन् ।’ उनले थपेका छन् ।
चेल्सीबाट बर्खास्तमा परेपछि कोन्टे नयाँ क्लबको खोजीमा थिए । उनले चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।
सन् २०१६ मा क्लबमा अनुबन्धन भएलगत्तै उनले चेल्सीलाई प्रिमियर लिगको उपाधि जिताएका थिए ।
‘जिवनको नयाँ अध्याय सुरुवात भएको छ । म निकै उत्साहित छु ।’ ईन्टरको नयाँ प्रशिक्षको रुपमा नियुक्त भए लगत्तै कोन्टेले भनेका छन् ।
‘क्लबका अध्यक्ष र निर्देशकले गरेको विश्वासलाई प्रमाणित गर्ने प्रयास गर्नेछु । मैले यो क्लब रोज्नुमा ईन्टर मिलानको आफ्नै ईतिहास छ । उपाधि प्रतिको भोक र विरासतलाई फिर्ता ल्याउन मेरो प्रयास रहनेछ ।’