काठमाडौं। सान निलोले कागेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कपको लिग खेलमा पहिलो पराजय भोगेको छ ।
एन्जल्सले टस जितेर सानलाई पहिले ब्याटिङ्ग गर्न दिएको थियो । पहिलो ब्याटिङ्गमा उत्रेको सान निलो १४.३ ओभर खेल्दै पुरै विकेटको क्षतीमा ३५ रनमा सिमिति हनुपुग्यो । उसका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । सानलाई थोरै रनमा सिमित गर्न एन्जल्सका बलर किशोर बोगटीले ठूलो रोल खेले । उनले ४ ओभरमा ६ रन दिंदै ६ विकेट हात पारे । उनी म्यान अफ द म्याच घोषित भए ।
३६ रनको लक्ष पछयाएको एन्जल्सले बिना विकेट लक्ष भेटायो । रितिक थापा मगरको १४ बलमा २२ रन र विनय घर्ती मगरको १७ बलमा ८ रनका साथ ५ औं ओभरमा लक्ष पुरा गर्दै सान निलो माथि एन्जल्सले १० विकेटको जित निकाल्यो । कागेश्वरी मनोहरा वडा नं. १६ का वडा अध्यक्ष प्रकाश फुँयालले किशोर बोगटीलाई म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।
आजै भएको दोश्रो खेलमा ओसिस क्रिकेट एकेडेमीले पाँच पोखरी क्रिकेट एकेडेमीलाई १०६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ्ग गरेको ओसिसले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा १३८ रन जोेडेको थियो । ओसिसका लागि म्यान अफ द म्याच आशिष भट्टराईले नट आउटमा ५० बल खेल्दै ५९ रन जोडे । यस्तै दिपेश अधिकारीले आशिषलाई साथ दिंदै नटआउट २५ बलमा ३१ रन जोडे । यस्तै अन्य खेलाडीहरुमा सचिन शर्मा २७ बलमा २४, अनुप नेपाल १० बलमा १० र सम्राट भुषाल ८ बलमा २ रन जोड्न सफल भए ।
बलिङ्गतर्फ पाँच पोखरीका शिशिर भुजेलले ४ ओभरमा २७ रन दिंदै १ र सार्थक धितालले ४ ओभरमा २३ रन दिंदै १ विकेट लिए ।
प्रतिउत्तरमा उत्रेको पाँच पोखरीले ११.२ ओभरमा अल आउट हुंदै ३२ रनमा सिमित हुन पुग्यो । पाँच पोखरीका अनमोल खड्काले २९ बल खेल्दै १६ रन जोड्नु बाहेक कुनै पनि खेलाडीले दोहोरो र्अक जोड्न सकेनन् ।
बलिङ्गतर्फ ओसिसका अनुप नेपालले २ ओभर ७ रन र २ विकेट, सचिन शर्माले २ ओभर १ रन २ विकेट, आरोग्य भट्टराईले ३ ओभर १० रन २ विकेट, अभिषेक नेपाल १ ओभर ११ रन, समर श्रेष्ठ २ ओभर १ रन २ विकेट र अंश श्रेष्ठ ०.२ ओभर १ रन १ विकेट लिन सफल भए । म्यान अफ द भ्याच आशिष भट्टराईलाई क्यानका पूर्व उपाध्यक्ष उपेन्द्र भट्टराईले ट्रफी प्रदान गरे ।