एजेन्सी । विश्वकप तयारीमा रहेको इङ्ल्याण्डले कोस्टारिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले गए शनिबार नाईजेरियाविरुद्धको खेलमा भन्दा १० खेलाडी परिवर्तन गरिएको थिए । इङलिस क्लब म्यान्चेष्ट युनाईटेडका स्ट्राईकर मार्कोस रसफोर्डले उत्कृष्ट प्रर्दशन गरेपछि इङल्याण्डले सहज जित निकालेको हो ।
खेलको १३ औ मिनेटमा रासफोर्डको गोलबाट अग्रता लिएको इङ्ल्याण्डका लागि ७६ औ मिनेटमा ड्यानी वेलबेकले एक गोल थपेका थिए । विश्वकप तयारीमा रहेको इङल्याण्डले गत शनिबार नाईजेरियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो । सो खेलमा ग्यारी काहिल र कप्तान ह्यारी केनले समान एक÷एक गोल गरेका थिए ।
इङ्ल्याण्डले ट्युनिसियासंगै विश्वकपको सुरुवात गर्नेछ । इङलिस टोली रहेको समुहमा ट्युनिसियासंगै वेल्जियम र पानामा रहेका छन् ।