काठमाडौं । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहिबार नेपाली टोलीको विदाई गरेको हो ।
नेपालले यहिँ जुन २ मा मलेसियासंग र जुन ६ मा चाईनिज ताईपेसंग उसैको मैदानमा खेल्दैछ । विराज महर्जनको कप्तानीमा रहेको २३ सदसीय नेपाली टोली आजै बेलुका मलेसिया प्रस्थान गर्नेछन् ।
नेपाली टोली मुख्य दुई स्ट्राइकरबिना मैदान उत्रनेछन् । मुख्य प्रशिक्षक योहान कालिनले दुई खेलका लागि दुई फरवार्ड विमल घर्ती मगर र भरत खवासलाई टिममा राखेका छैनन् । फिटनेसमा कमजोर भएको कारण विमललाई टिममा नराखिएको हो । यस्तै भरत चोटका कारण टिमबाहिर परेका हुन् ।
नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाएका छन् ।
नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले विदाई गरेका थिए।
नेपाली टिम :
गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने
डिफेन्डर :विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी, रबि सिलवाल
मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, तेज तामाङ,
फरवार्ड : अभिषेक रिजाल, अन्जन बिष्ट, बिमल राना, नवयुग श्रेष्ठ