एजेन्सी । पाकिस्तानको टिमले सन् १९८७ को विश्वकपमा समुह चरणमा ६ मध्य ५ खेल जितेको थियो । उसले मात्र एक खेल मात्र हारेको थियो । समुह चरणको अन्तिम खेलमा पाकिस्तानलाई वेस्ट इन्डिजले २८ रनले हराएको थियो ।
अन्तिम खेलमा पराजित भएपनि कप्तान इमरान खान नेतृत्वको टिम ८ बर्षपछि सेमिफाईनल पुगेको थियो । सेमिफाईनलमा पाकिस्तानको प्रतिद्वन्दी अष्ट्रेलिया थियो ।
ईमरानले टस हारेका थिए । अष्ट्रेलियाले ५० औ ओभरमा पाकिस्तानलाई २ सय ६८ रनको लक्ष्य दिएको थियो । तर पाकिस्तानको टिम २ सय ४९ रनमा अलआउट हुन पुग्यो । लाहोरमा भएको खेलमा अष्ट्रेलियाले १८ रनको जित निकाल्दै फाईनल पुगेको थियो ।
हारपछि इमरान खानले सन्यास लिए । खानको विकल्पमा अब्दुल कादिरलाई टिमको कप्तानीको जिम्मेवारी दिईएको थियो । उनको नेतृत्वमा टिम ५ मध्य ४ खेलमा हारको नतिजा आत्मसाथ ग¥यो । मात्र एक जित निकाल्न सफल भयो । ईङ्ल्याण्ड सिरिज पछि पाकिस्तानले वेस्ट ईन्डिजको भ्रमणमा निस्किएको थियो ।
तत्कालिन पाकिस्तानी राष्ट्रपति जनरल जिया उल हल क्रिकेटका सौखिन थिए । उनको टिमको खराब अवस्थालाई हेर्दै ईमरानलाई सन्यास फिर्ता लिन अनुरोध गरे ।
इमरानले फेरी मैदान फर्कने निर्णय गरे । तर टिम पाँच म्याचको वान डे सिरिज हार्न पुग्यो । तर टेष्ट सिरिज भने १–१ को बराबरी गर्न सफल भएको थियो ।
इमरानको कप्तानीमा पाकिस्तानको टिम सन् १९९२ मा विश्वकप खेल्न अष्ट्रेलिया र न्युजिल्याण्ड गएको थियो । इमरान दोस्रो पटक टिमको नेतृत्व गरिरहेका थिए ।
प्रतियोगिताको १० खेलमा पाकिस्तानको टिमले ६ खेलमा जित निकाल्यो । तीन खेल उसले गुमाउन पुगेको थियो । एक खेलमा नतिजा निस्कन सकेन ।
फाईनलमा पाकिस्तानले ईङ्ल्याण्डलाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो ।
जिया उल हकले इमरानलाई देखाएको विश्वास सहि साबित भयो ।
ईमरानले जिया उल हकको बिषयमा भनेका छन्, ‘मैले सन् १९८७ को विश्वकप पछाडी सन्यास लिएको थियो । तर लगभग एक बर्ष पछाडी जनरल जियाले राष्ट्रिय प्रशारणबाट मलाई सन्यास फिर्ताको अनुरोध गरेका थिए । टिमका लागि बोलाईएको रात्री भोजमा मलाई दोस्रो कोठामा लगिएको थियो । तिमी के गर्न गईरहेका छौ ? मेरो अनुरोधलाई अस्विकार गरेर अपमान नगर्नु । देशका लागि तिमी फिर्ता आउन भनेको छु । जनरल जियाको सोही भनाई अनुसार मैले सन्यास फिर्ता लिए ।’