काठमाडौं । श्रमशीलले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा जित हात पारेको छ ।
बुधबार भएको खेलमा श्रमशीलले लाइसियमलाई सडनडेथमा पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
श्रमशीलका शिर्षक लुइटेल ‘म्यान अफ द म्याच’ घोषित भए ।
त्यस्तै नेपाल ताराले भीमेश्वर एकेडेमीलाई सडनडेथ तथा नेक्ससले ग्लोरीलाई २–० गोलले हराए ।
नेपाल ताराका समिर बराइली तथा नेक्ससका सन्तोष खत्री ‘म्यान अफ द म्याच’ चुनिए ।