एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले आफ्ना टोलीका गोलकिपर लोरिस कारिस सामान्य अवस्थामा रहेको बताएका छन् । च्याम्पियन्स लिगको फाइनलपछि कारिसमा असामान्य अवस्थामा रहेको खबर आईरहेको बेला प्रशिक्षक क्लोपको यस्तो भनाई आएको हो ।
युक्रेनको किभमा गत मे महिनामा भएको च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई हराउदै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । उक्त खेलमा लोरिसले केहि गल्ती गर्दा रियलले ३ – १ को जित निकालेको थियो । उक्त खेलपछि कारिसलाई आघात पुगेको र उनी निकै निराश रहेको समचार बाहिर आएको थियो ।
यस्तै किपर कारिसलाई मस्तिष्कको समस्या देखिएको र उपचार आवश्यक रहेको पनि बताइएको थियो । तर, प्रि सिजनको अघिको मैत्रीपूर्ण खेलअघि प्रशिक्षक क्लोपले उनी सामान्य रहेको बताएका हुन् । क्लोपले भनेका छन्, 'यहाँ सबै सामान्य छ । मलाई थाहा छैन कि मानिसहरू के सोच्न सक्छन र यस्तो अवस्था बनाउन सक्छन । म के भन्न सक्छु भने उक्त खेलमा मात्र उनलाई समस्या भएको थियो ।'
लिभरपुलले प्रि सिजन अघि शनिबार चेस्टर फुटबल क्लबसंग मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेलको लागि लिभरपुलले सोमबारबाटै तयारी थालेको छ । यो खेलको लागि किपर लोरिस पनि टिमको अभ्यासमा सामेल भईसकेका छन् ।