काठमाडौं । दुई पटकको बिजेता त्रिभुवन आर्मी क्लबलाई हराउदै ब्रिगेड ब्वाइज क्लबले ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १ - ० ले हराउदै ब्रिगेडले उपाधि जितेको हो ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा ब्रिगेडका लागि अनुप गुरुङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा अनुपले निर्णायक गोल गरेका थिए ।
उपाधिसंगै ब्रिगेडले तीन लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ५० हजारमा चित्त बुझायो ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड आर्मीका दिनेश हेन्जन, मिडफिल्डर ब्रिगेडका जय गुरुङ,डिफेन्डर आर्मीका विकास खवास, गोलकिपरमा ब्रिगेडका आकाश रानाभाट चुनिए । उत्कृष्ट हुनेले समान १० -१० हजार प्राप्त गरे । यस्तै उत्कृष्ट प्रशिक्षक ब्रिगेडका उजेन श्रेष्ठ चुनिए ।
तस्बिरमा हेर्नुस फाइनल :







