काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नम्बर २ सामु ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पहिले ब्याटिङ गरेको कर्णालीले ३४ ओभर ४ बलमा अल आउट हुदै ९३ रनमा समेटियो ।
प्रकाश जैशीले ३७ र कप्तान रबिन्द्र शाहीले १४ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहरो अंकको स्कोर छुन सकेनन् ।
प्रदेश २ का कुमार थापाले सर्वाधिक ३ विकेट लिए । रशिद खान, शम्शेद शेख र हरीशंकर शाहले समान २-२ विकेट आफ्नो नाममा लेखाए ।
अघिल्लो चरण पुग्ने गणितिय सम्भावना जिवित राख्न कर्णालीलाई जितको विकल्प छैन । प्रदेश २ प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ ।