एजेन्सी । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले फरवार्ड रोबर्टो फिर्मिन्हो च्याम्पियन्स लिगको फाईनल खेल्न फिट रहेको बताएका छन् ।
प्रिमियर लिग प्रतिद्वन्दी टोटेनहमसंग उपाधिका लागि भिड्न लागेको लिभरपुलले आफ्ना स्टार फरवार्ड फिर्मिन्हो च्याम्पियन्स लिगका लागि तयार रहेको बताएको हाे ।
प्रशिक्षक क्लोपले फिर्मिन्हो फिट भएपनि नाबी केईटा भने टिम बाहिर रहने बताएका छन् ।
मे १ मा भएको सेमिफाईनलको दोस्रो लेगमा फिर्मिन्हो विहिन लिभरपुलले बार्सिलोनालाई ४–० ले हराएको थियो ।
२७ बर्षका फरवार्डले बाहिर बसेर बार्सिलोनाविरुद्वको खेल हेरेका थिए ।
क्लोपले फिर्मिन्होको बिषयमा सार्वजनीक रुपमा बोल्दै मड्रिडमा हुने फाईनल खेलमा उनी तयार हुने बताए ।
क्लोपले भने, 'उनी अभ्यासरत छन् । उनी गत हप्ताबाट अभ्यासमा भाग लिएका छन् । सबै ठिक छ । हामी उनलाई फेरी हेर्नेछौ ।'
'उनी फेरी अभ्यासमा आउनेछन् । उनी निकै राम्रो अवस्थामा छन् । उनी सहज अवस्थामा छन् । म निश्चित छु, उनी फाईनल खेल्नेछन् ।' उनले थपेका छन् ।
टिममा नाम समावेश भएपनि च्याम्पियन्स लिगको दोस्रो लेगको सेमिफाईनलमा अन्तिम समयमा फिर्मिन्हो नखेल्ने निश्चित भएको थियो ।
'नावीको अवसर छैन । उनी विस्तारै निको हुदैछन् । हेरौ उनी कसरी अगाडी देखिन्छन् ।' क्लोपले भनेका छन् ।