काठमाडौं । ललित स्मृति यू -१८ फुटबल च्याम्पियनसिपको फाइनलमा अहिले विभागीय टोली त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइज क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा दुवै टोली उपाधि जित्ने लक्ष्यमा रहेका छन् । आर्मी साबिकको बिजेता पनि हो ।
प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।