एजेन्सी । म्याच फिक्सिङको आरोपमा स्पेनमा ठुलो संख्यामा खेलाडीहरु पक्राउ परेका छन् ।
स्पेनिस प्रहरीले स्पेनको पहिलो र दोस्रो डिभिजनका खेलाडीहरु पक्राउ गरेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
प्रहरीले ला लिगामा म्याच फिक्सिङ गरेको आरोपमा स्पेनको पुर्व खेलाडी, अहिलेका खेलाडी र क्लबका पदाधिकारीहरुलाई पनि पक्राउ गरिएको जनाईएको छ ।
'सम्भवत ला लिगामा भएको म्याच फिक्सिङको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन्,' ला लिगाका प्रवक्ताले भनेका छन् ।
प्रहरीले रियल मड्रिडका पुर्व खेलाडी राउल ब्राभो, रियल भालाडोलिटका बोर्जा फर्नान्डेज, गेटाफेका सामुएल अलन्सो, डिपोर्टीभो ला करुनाका लोपेज मोन्टाना र कार्लोस अराण्ड लगायतका खेलाडी पक्राउ गरेका छन् ।
प्रहरीले ८ भन्दा बढी खेलमा म्याच फिक्सिङ भएको जनाएको छ । प्रहरीले ला लिगाको यसै महिनाको खेलमा म्याच फिक्सिङ भएको आरोप लगाएको छ ।