एजेन्सी । च्याम्पियनसिपमा घटुवा भएको तीन बर्षपछि एस्टन भिल्ला इन्ग्लिश प्रिमियर लिग फुटबलमा बढुवा भएको छ ।
सोमबार भएको च्याम्पियनसिपको प्लेअफ फाईनलमा डर्बी काउन्ट्रिविरुद्व २–१ को जित निकाल्दै एस्टन भिल्ला शीर्ष डिभिजनको लिगमा पुनरागमन गरेको हो ।
वेम्बलीमा भएको एस्टन भिल्ला र डर्बीबीचको भिडन्तमा एक अनौठो घटना घट्यो । डर्बीविरुद्ध मैदान उत्रदा भिल्लाका कप्तान ज्याक ग्रियालिसले सबैलाई चकित बनाए । किनकि उनले निकै पुरानो जुत्ता लगाएका थिए । उनको जुत्ता देखेर सबै चकित परेका थिए ।
मिडफिल्डर ग्रियालिसले प्रयोग गरेको जुत्ता ९० मिनेट मैदानमा टिक्नेमा दुविधा देखिएको थियो । तर, कप्तान ग्रियालिसले उक्त जुत्ताले नै पुरै समय मैदानमा बिताए । र, आफ्नो टोलीलाई जित दिलाउँदै क्लबलाई शीर्ष डिभिजनमा पुर्राए ।
एस्टन भिल्लाको जितमा उनको प्रदर्शन समेत उच्च रहेको थियो । खेलपछि ग्रियालिसले आफ्नो पुरानो जुत्ताको राज खुलाए ।
ग्रियालिसले आफुसंग नयाँ जुत्ता भएपछि यस जुत्ता भाग्यशाली भएको कारण आफुले प्रयोग गरेको बताए ।
'म चोटबाट फर्किएको हुँ । मसंग नयाँ ब्राण्डको जुत्ता थियो । र, मैले तिनीहरुबाट केहि गोल र असिस्ट गरेको छु,' ग्रियालिसले भने, 'मैले सोचेँ यो जुत्ता लक्की छ । त्यसैले मैले प्रयोग गरे ।'