एजेन्सी । नेसन्स लिगका लागि इंग्ल्याण्डले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले सोमबार नेसन्स लिग खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
प्रशिक्षक साउथगेटले प्रारम्भिक चरणमा रहेका २७ खेलाडीबाट २३ सदस्सीय टिम छनोट गरेका हुन् । प्रारम्भिक चरणमा रहेका डिफेन्डर केइरन ट्रिपीएर, जेम्स वार्ड, नाथन रेडमोण्ड र ह्यारी विन्क्स बाहिरिएका छन् ।
गत अप्रिलबाट मैदान बाहिर रहेका कप्तान ह्यारी केनलाई भने टिममा राखिएको छ। च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको क्वाटरफाइनलको पहिलो लेगमा केन घाइते भएका थिए ।
इंग्ल्यान्डले नेसन्स लिगको सेमिफाइनलमा नेदरल्याण्डसंग जुन ६ मा खेल्नेछ ।
इंग्ल्यान्डको टिम :
गोलकिपर : जोर्डन पिक्फोर्ड, ज्याक बट्लाण्ड, जयक बुट्ल्याण्ड
डिफेन्डर : ट्रेन्ट एलेक्जान्डर अर्नाल्ड, बेन चिल्वेल्ल,जोए गोमेज,माईकल केन,ह्यारी मागुइरे, ड्यानी रोस,जोन स्टोन्स, केली वाल्कर
मिडफिल्डर : डेल अलि, रोस बार्क्ली, फावियन डेल्फ, एरिक डियर, जोर्डन हेन्डरसन,जेसे लिंगार्ड,डिक्लेन राइस
फरवार्ड : ह्यारी केन, मार्कुस राष्फोर्ड, जाडन सान्चो, रहिम स्ट्रलिङ, कलुम विल्सन