काठमाडौं । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी - ट्वान्टी क्रिकेट सिरिजको लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
त्रिकोणात्मक सिरिजको लागि नेपालले २० सदसीय टोली छनोट गरेको हो । छनोट भएका २० खेलाडीलाई क्लोज क्याम्पमा राखीने छ । क्लोज क्याम्प शनिबारबाट सुरु हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिसद आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काले नेपाली टोलीको छनोट गरेको हो ।
क्लोज क्याम्पको लागि छनोट हुनेमा अनिल कुमार शाह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, हरी क्षेत्रि, कारण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र आरिफ शेख रहेका छन् ।
यस्तै कप्तान पारस खड्का, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुबास खकुरेल, सुनील धमला र सुशन भारी रहेका छन् ।
नेपाली टोलीमा विनोद भण्डारी, प्रदिप ऐरी र सुबास खकुरेलले पुनरागमन गरेका हुन् ।
आइसीसीबाट टी-ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको उक्त त्रिकोणात्मक सिरिज आगामी जुलाई २९ मा हुनेछ । नेपाल र नेदरल्याण्डले आइसीसीबाट एकदिवसीय राष्ट्रको मान्यता पाएको कारण यो खेलले टी- ट्वान्टीको मान्यता पाएको हो ।