काठमाडौं । दोस्रो संस्करणको कौस्तुभ फुटबल प्रतियोगिताको पाचौँ दिन मोनास्टिक, न्यू स्टार र विनायक स्कुलले जित निकालेका छन् ।
पेप्सीकोलास्थित टाउनप्लानिङको मैदानमा सोमबार भएको पहिलो खेलमा मोनास्टिकले नव जीवनलाई ३–० गोल अन्तरले पराजित गर्याे । मोनास्टिकका युवराज अधिकारी म्यान अफ दि म्याच चुनिए ।
दोस्रो खेलमा चावहिलको विनायक स्कुलले जेनुइन स्कुललाई २–० गोल अन्तरले पराजित गर्याे । उसका विनायकका प्रनव राई म्यान अफ दि म्याच भए ।
यस्तै तेस्रो तथा अन्तिम खेलमा न्यू स्टार पोल स्कुलले पेस पइन्ट स्कुल बानेश्वरलाई ४–२ गोल अन्तरले पराजित गर्याे । न्यू स्टारका सन्देश मगर म्यान अफ दि म्याच घोषित भए ।
जेठ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २५ हजार प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टिमले १५ हजार पाउने आयोजक कौस्तुभ एकेडेमीले जनाएको छ । प्रतियोगितामा ४६ टिमले सहभागीता जनाएका छन् ।