काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले एपीएफ क्लबलाई जितका लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ३७ ओभर १ बलमा अलआउट हुँदै १२५ रन बनायो । सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक ३० रन बनाए ।
यस्तै विपिन रावलले २१, खडक बोहोराले १९ र रोशन अधिकारीले १६ रन बनाए ।
एपीएफका अविनाश बोहोराले २ विकेट लिए । सुदुरपश्चिमका पाँच खेलाडी रन आउट भएका थिए ।
आज सुदुरपश्चिम पहिलो जित निकाल्ने योजनामा रहेको छ । एपीएफ भने लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा एपीएफले प्रदेश नम्बर ३ लाई ४१ रनले पराजित गरेको थियो ।