एजेन्सी । म्यानचेष्टर सिटीका अध्यक्ष खालदुन अल मुबारकले केही प्रतिद्वन्दी क्लबहरु सिटीको सफलतामा इर्स्या गर्ने गरेको बताएका छन् ।
सिटीले एफ ए कपको फाईनलमा वाटफोर्डलाई ६–० ले पराजित गर्दै ईङ्लिस फुटबलमा एकै सिजन तीन वटा उपाधि उचालेको थियो । सिटीले प्राप्त गरेको सफलतासंगै प्रशिक्षक पेप ग्वार्डिओलाको टिममा गरिएको खर्चलाई लिएर समेत आलोचना भएको थियो ।
क्लबको बार्षिक मुल्याङ्कन कार्यक्रममा मुबारकले सिटीमाथि लागेका आरोपको अस्विकार गरेका छन् ।
‘प्रिमियर लिग च्याम्पियनसंग विश्वका उत्कृष्ट १० महङ्गा खेलाडी छैनन् । सिटीको शहरी प्रतिद्वन्दी म्यान्चेष्टर युनाईटेडले ८९ मिलियन पाउण्डमा पाउल पोग्बालाई क्लबमा ल्याएको छ । त्यस्तै रोमेलु लुकाकुलाई ७५ मिलियन पाउण्डमा अनुबन्धन गरेको छ । त्यस्तै लिभरपुलले ७५ मिलियन पाउण्डमा भर्जिल भान डिजिकलाई क्लबमा अनुबन्धन गरेको छ ।’
सिटीले समेत रियाद महरेजलाई कीर्तिमानी मुल्यमा लेस्टर सिटीबाट क्लबमा भित्र्याउन सफल भएको थियो । खेलाडी सरुवा बजारमा ठुलो मुल्य सहित सिटीले एमरिक लापोर्टीलाई ५७ मिलियन पाउण्ड, केभिन डि ब्रोयनलाई ५५ मिलियन पाउण्ड र बेन्जामिन मेन्डेलाई ५२ मिलियन पाउण्डमा क्लबमा ल्याएको थियो ।
‘सफलतासंगै केही सिमित किसिमको इर्स्या देखिन्छ । तपाई यसलाई जसरी बुझ्नु हुन्छ । यो खेलको एक भाग हो ।’ उनले भनेका छन् ।
‘प्रतिस्पर्धा त्यति सजिलो छैन । हामीलाई थाहा छ । तर बास्तविकता भनेको हामीले प्रिमियर लिगमा कुनै पोग्बा जस्ता महङ्गा खेलाडी ल्याएका छैनौ । महङ्गो गोलकिपर कोपा अरिजबलागा, महङ्गा मिडफिल्डर र महङ्गा फरवार्डलाई क्लबमा राखेका छैन ।’
‘मानिसले निर्णय लिन सक्छन् । तर यो राम्रो तरिको सञ्चालन हुने क्लब हो ।’ उनले थपे ।
युईएफएको फाइनान्सियल फेयर प्लेको नियम उल्लंघन गरेको आरोप सिटीमाथि छ । जसले गर्दा क्लबको चर्को आलोचना भईरहेको छ । तर क्लबको सो आरोपको अस्विकार गर्दै आएको छ ।