काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज (सोमबार) दुई खेल हुदैछन् । कीर्तिपुरको त्रिवि मैदानमा एपीएफ र सुदुरपश्चिम तथा मुलपानी मैदानमा प्रदेश ३ र प्रदेश ५ भिड्नेछन् ।
कीर्तिपुर मैदान उत्रदै गर्दा एपीएफको लक्ष्य लगातार दोस्रो जित हासिल गर्नु हुनेछ ।
पहिलो खेलमा शतक बनाउन ६ रनले चुकेका सुमित महर्जन र अर्धशतक प्रहार गरेका पृथु बास्कोटामा प्रर्दशन हेर्न लायक हुनेछ । पहिलो खेलमा पुलिसलाई गाह्रो बनाएको कर्णाली प्रदेश समेत अर्को विभागीय टिम एपीएफलाई दुख दिने प्रयास गर्नेछ ।
पहिलो खेलमै प्रभाव देखाएका सुदन पोखरेलको बलिङमा सबैको आँखा जानेछ । पुलिसविरुद्व सुदनले ७ ओभर बलिङ गर्दै २ मेडन राखेर १६ रन खर्चिदै ५ विकेट लिएका थिए ।
यता, मुलपानी मैदानमा उत्रदै गर्दा प्रदेश नम्बर तीन पहिलो जितको खोजीमा हुनेछ । राष्ट्रिय टिमका कप्तान पारस खड्का सम्मिलित प्रदेश तीन पहिलो खेलमा ज्ञानेन्द्र मल्लको सतकिय ईनिङ्का बाबजुत एपीएफसंग पराजित भएको थियो ।
कप्तान खड्काको टिमविरुद्व प्रदेश ५ ले प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । कृण्ण कार्कीको कप्तानी रहने टिममा सन्दीप सुनार, सौरभ खनाल, प्रकाश केसी, प्रनित तामाङ लगायतका स्टार युवा खेलाडी समावेश छन् ।
तर प्रदेश छनोटमा पाँच नम्बर प्रदेशले युवा स्टार विशाल बिक्रम केसीलाई छुटाएको छ । नेपाललाई एसीसी यु–१६ पुर्वी प्रतियोगिताको उपाधि जिताएका बिक्रमलाई प्रदेश ५ का छनोटकर्ताले टिम बाहिर राखेको छन् ।
दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।