काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर १ लाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ ओभर ३ बलमा अलआउट हुँदै २०४ रन बनायो ।
आर्मीका लागि राजेश पुलामीले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हरि बहादुर चौहानले ४१ तथा कप्तान बिनोद भण्डारीले ३० रन बनाए ।
करण केसी २६ रनमा आउट हुँदा कुशल मल्लले १६ रन बनाए । प्रदेश १ का दिपेश कँडेलले ३ विकेट लिए । यस्तै सिदान्त लोहनी, फिर्दोस अन्सारी र मुकुन्द यादवले २/२ विकेट लिए ।
पहिलो खेलमा आर्मीले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।