काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको खेलहरु मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा पनि खेलाईने भएको छ ।
मैदानको निर्माण कार्य जारी रहेपनि राष्ट्रिय खेलकुद परिषद राखेपले आजबाट मुलपानी मैदानमा प्रतिस्पर्धा गराउन लागेको हो । मुलपानीमा हुने पहिलो खेलमा आज नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच खेल हुनेछ ।
आयोजक राखेपले म्याट ओछ्याएर मुलपानीमा खेल खेलाउन लागेको हो । मैदानको पिच पूर्ण रुपमा नबन्दा म्याट राखेर खेल खेलाउन लागिएको हो ।
खराब पिचका कारण खेलाडीले खेल्न नसक्ने बताएपछि म्याट राखिएको हाे । 'खेलाडीले यो पिचमा भन्दा म्याटमै खेल्ने भनेपछि म्याट राखिएको हो,' राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटाले भने ।
विकल्पको रूपमा माथिल्लो मुलपानी मैदान उपलब्ध भएपनि उद्घाटन माेहका कारण तल्लो मैदानमा म्याट राखेर राष्ट्रिय प्रतियाेगिता गर्न लागिएकाे हो ।
शुक्रबार सुरु प्रतियोगिताको अघिल्ला दुई खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको थियो । अब दुवै स्थानमा हरेक दिन एक एक खेल हुनेछ ।