नमीन ढकाल ।
इलाम । इलामको सुर्योदय नगरपालिका शनिबार सुरु भएको दोश्रो सुर्योदय आमन्त्रण मेयरकप फुटबलमा आयोजकले बिजयी सुरुवात गरेको छ ।
करफोक माविको खेलमैदानमा आयोजक सुर्योदय नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई ४–० ले हरायो ।
मौसम प्रतिकुल बनेको खेलको सुरुवातबाटै दबाब बनाएको आयोजकले २८ औ मिनेटमा गोलको खाता खोल्यो । सुर्योदयका संगम योल्मोले बिपक्षी टिमको गोलरक्षकको हातबाट फुत्किएको बललाई जाली चुमाएका थिए । पहिलो हाफ १–० मा सकिएको खेलको दोश्रो हाफमा आयोजकले ३ गोल थप्यो ।
५७ औ मिनेटमा पेम्बा योल्मो, ६१ औ मिनेटमा संजोग खडका र इन्जुरी समयमा अतिरिक्त खेलाडी आशिष राईले गोल गरेपछि अर्जुनधारा प्रि–क्वाटरफाइनलबाटै बाहिरियो ।
बिजेता टिमले शिवसतासी नगरपालिकासंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्र्तगत भोली इलाम नगरपालिका र कन्काई नगरपालिका तथा दमक नगरपालिका र देउमाई नगरपालिकाबिच खेल हुनेछ ।
जेठ १८ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमले नगद २ लाख तथा उपविजेता टिमले नगद १ लाख प्राप्त गर्नेछ ।
सुर्योदय नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा इलाम र झापाका ९ नगरपालिकाको सहभागीता रहेको छ ।
गत संस्करण झापाको मेचीनगर नगरपालिकाले आयोजक सुर्योदय नगरपालिकालाई हराउँदै जितेको थियो ।