काठमाडौं । होलीक्रस स्कुल र हाइल्यान्ड स्कुलले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ ।
पेप्सीकोलास्थित टाउनप्लानिङको मैदानमा शनिबार होलीक्रसले श्रमिक शान्ति स्कुललाई पेनाल्टीमा ३–१ ले पराजित गर्यो । यस्तै हाइल्यान्डले नोबेल स्कुललाई ३–२ गोलले पराजित गर्यो ।
त्यस्तै अर्किड स्कुलले कोटदेवी स्कुललाई १–० गोलले पराजित गरेको छ । अर्को खेलमा ग्लोबल स्कुलले डनबस्को स्कुललाई पेनाल्टीमा ३–१ गोलले हरायो ।
खेलमा अर्किड स्कुलका दिपेश बुढाथोकी, ग्लोबलका अंकित रिमाल, होलीक्रसका प्रेम खत्री र हाइल्यान्डका किरण श्रेष्ठ ‘म्यान अफ द म्याच’ चुनिए ।