एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) सिजनको अन्तिम खेलमा पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा पीएसजी रिम्ससंग ३-१ गोल अन्तर पराजित भएको हो ।
घरेलु मैदानमा रिम्सका लागि रहमान बाबा,माथ्यु काफारो र पाब्लो चाभारियाले एक एक गोल गरे । पीएसजीका लागि केलियन एमबाप्पेले एक गोल फर्काए ।
रिम्सविरुद्ध एक गोल गरेसंगै एमबाप्पेले यस सिजन ३३ लिग गोल पुरा गरे । र, एमबाप्पे यस सिजन फ्रेन्च लिगमा सर्वाधिक गोल कर्ता चुनिए ।
यो हारसंगै पीएसजीले ३८ खेलबाट ९१ अंक जोडेर उपाधि उचाल्यो । रिम्स ५५ अंकसहित आठौं स्थानमा रह्यो।