एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सीले च्याम्पियन्स लिगमा लिभलपुलसंगको हारलाई खेल जिवनकै सबै भन्दा खराब क्षणको रुपमा ब्याख्या गरेका छन् ।
उनले च्याम्पियन्स लिगमा लिभरपुलसंग पराजयको चोट कम गर्न कोपा डेल रेको उपाधि जित्न आवश्यक रहेको बताएका हुन् ।
करिब चार बर्षको अवधिमा पहिलो पटक पत्रकार सम्मेलनमा देखिएका ३१ बर्षिय मेस्सीले सेमिफाईनलमा लिभरपुलको पराजयको बिषयमा आफुले अझैपनि सोचिरहेको बताए । मे ७ मा भएको सेमिफाईनलको दोस्रो लेगको खेलमा बार्सिलोना पराजित भएको थियो ।
'यसैले हामी कडा मेहनत गरिरहेका छन् ।' उनले भनेका छन् ।
'कोपा डेल रे जित्नु नै सिजनको सफल अन्त्य गर्ने एक मात्र बाटो हो ।' उनले थपेका छन् ।
ला लिगा च्याम्पियन बार्सिलोनाले शनिबार हुने खेलमा भ्यालेन्सियालाई पराजित गरेमा सिजनको दोहोरो उपाधि हात पार्नेछ ।
मेस्सीले चेतावनी दिदै पराजयले टिमले अझै खराब महशुश गर्ने बताएका छन् ।
'हामी लिभरपुलसंगको दोस्रो हाफको खेलमा लज्जा महशुश गछौ । नतिजाले त्यसो भनिएको होईन । किनकी हामीले त्यो पुरा गर्न सकेनौ । यो मेरो खेल जिवनकै सबै भन्दा खराब अनुभव हो ।' उनले भनेका छन् ।
अर्जेन्टिनी फरवार्डको टिम अघिल्लो सिजन समेत क्वार्टरफाईनलमा रोमासंग पराजित भएको थियो ।
क्लबका लेजेण्डले ७ कोपा डेल रे सहित २१ वटा मुख्य उपाधि उचालेका छन् ।