एजेन्सी । ब्राजिली स्टार ड्यानी आल्भेसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड नेयमार क्लबमा खुसी नभएको बताएका छन् । आल्भेस सम्मिलित पीएसजी च्याम्पिन्स लिग फुटबलको नकआउट चरणमा म्यानचेष्टर युनाईटेडसंग पराजित हुदै बाहिरिएको थियो ।
क्लब सहकर्मी समेत आल्भेसले पहिलो पटक सार्वजनीक रुपमा पीएसजीका स्टार च्याम्पियन्स लिगको असफलताबाट असन्तुष्ट रहेको उल्लेख गरेका छन् ।
च्याम्पियन्स लिगमा उत्कृष्ट नतिजा हासिल गर्नु थोमस टुुचेल नेतृत्वको पीएसजीको मुख्य लक्ष्य थियो ।
प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै प्रिमियर लिग क्लब म्यान युनाईटेडले पीएसजीलाई स्तब्ध बनाएको थियो ।
पीएसजी घरेलु फुटबलका दुई कपमा समेत असफल भएको थियो ।
‘नेयमार निकै अस्थिर अवस्थामा छन् । उनी नतिजा चाहेकका छन् । तर उनले पाएका छैनन् ।’ आल्भेसले भनेका छन् ।
‘यदी नतिजा निस्किएको छैन भने स्पष्ट हुन्छ, उनी दुखी छन् ।’ उनले थपे ।
पीएसजी फरवार्ड नेयमारले च्याम्पियन्स लिगको अर्को सिजन तीन खेल गुमाउनेछन् ।
ब्राजिली स्टारले यस सिजन घरेलु फुटबलका तीन खेल गुमाउनेछन् । विपक्षी खेलका समर्थकमाथि मुक्का प्रहार गरेको भन्दै फ्रान्सेली फुटबल संघले उनीमाथि कारबाहीको निर्णय गरेको थियो ।