एजेन्सी । इंग्ल्याण्डका पूर्व खेलाडी साउन राइट फिलिप्सले म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टर्लिङ युवा खेलाडीहरुका लागि प्रेरणाको स्रोत भएको बताएका छन् ।
पूर्व स्टार फिलिप्सले फरवार्ड स्टर्लिङले सानै उमेरमा आफुलाई प्रमाणित गरेको र उनी युवा खेलाडीहरुका लागि प्रेरणाका स्रोत रहेको बताए । स्टर्लिङले गरेको प्रदर्शनबाट आफु निकै प्रभावित रहेको पनि फिलिप्सले बताए ।
‘मैदानमा होस् या मैदान बाहिर म यस सिजन स्टर्लिङबाट धेरै प्रभावित भएको छु । उनी बच्चाहरुका लागि उत्कृष्ट प्रेरणाको स्रोत बनेका छन्,’ फिलिप्सले भने, ‘मनिसहरुले यो बिर्सिएको छ कि उँ अझै पनि बच्चै छ । फुटबल क्षेत्रमा उनी अझैपनि साना छन् । तर, उनले पूर्ण रुपमा धेरै अनुभव भए जसरी कामहरु गर्छन् ।’
यस सिजन म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि उचाल्दा स्टर्लिङको प्रदर्शन उच्च रहेको थियो । इंग्ल्याण्डका २४ बर्षीय स्टर्लिङले यस सिजन सिटीका लागि १७ गोल र १० गोलका लागि असिस्ट गरेका थिए ।