काठमाडौं । आयोजक कौस्तुभ एकेडेमी र कस्मीकले दोस्रो संस्करणको कौस्तुभ कप फुटबलमा विजयी सुरुवात गरेका छन् ।
पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा बिहिबार कौस्तुभले एपीएएफ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्याे । कौस्तुभको जितमा मिलन खत्री, मिलन श्रेष्ठ र जोसेप गोलेले एक एक गोल गरे । खेलको म्यान अफ दि म्याच जोसेप गोले भए ।
यस्तैअर्को खेलमा कस्मीक स्कुलले एआईएमएस कोटेश्वरलाई १–० गोल अन्तरले पराजित गर्याे । प्रतिस्पर्धात्मक बनेको खेलमा कस्मीकलाई जित दिलाउन एक मात्रै निर्णायक गोल बिशाल बुढाथोकीले गरे । बुढाथोकीनै खेलको म्यान अफ दि म्याच घोषित भए ।
जेठ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २५ हजार प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टिमले १५ हजार प्राप्त गर्ने आयोजक कौस्तुभ एकेडेमीले जनाएको छ । प्रतियोगितामा ४६ टिमले सहभागीता जनाएका छन् ।