काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन छनोटमा इमाडोल युवा क्लब र सरस्वतीनगरले जित हात पारेका छन् ।
सातदोबाटस्थित एन्फा मैदानमा बिहिबार इमाडोलले ललितपुर युनिफाइड भर्सिटिलाई ५–१ को भारी गोल अन्तरले पराजित गर्याे ।
इमाडोलको जितमा सुशान्त श्रेष्ठले ह्याट्रिक गरे । यस्तै क्रिजल खड्काले दुई गोल गरे । ललितपुर युनिफाइडका कुन्साङ गुरुङले एक गोल फर्काए ।
यस्तै दोस्रो खेलमा सरस्वतीनगरले पञ्चकुमारी युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो । सरस्वतीको लागि एक मात्रै निर्णायक गोल निशान माझीले गरे ।
छनोटमा ३८ टिमको सहभागीता रहेको छ । लिग कप नकआउटमा खेलाईने प्रतियोगिताको उत्कुष्ट तीन क्लब सी डिभिजनमा बढुवा हुनेछन् ।