एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबप्रति ‘सबैभन्दा निष्ठावान’ खेलाडीको सूचीमा परेका छन् ।
ट्रान्सफर मार्केटले सार्वजनिक गरेको युरोपियन क्लबका १० निष्ठावान खेलाडीको सूचीमा मेस्सी अटाएका हुन् । निष्ठावान खेलाडीको सूचीमा मेस्सी सातौं स्थानमा रहेका छन् ।
बार्सिलोनामा आबद्द भएपछि मेस्सीले अन्य क्लब रोजेका छैनन् । मेस्सीले क्लबमा १५ वर्ष ४ महिना बिताईसकेका छन् ।
मात्र १४ वर्षको उमेरमा बार्सिलोना आएका अर्जेन्टिनाका मेस्सीले सन् २००१ बाट जुनियर टोलीमा डेब्यु गरेका थिए ।
सन् २००४ बाट सिनियर टोलीमा डेब्यु गरेका मेस्सीले क्लबबाट ४ पटक च्याम्पियन्स लिग जितेका छन् । पाँच पटकको बालोन डी'ओर विजेता मेस्सीले १० ला लिगाको उपाधि जितेका छन् ।
यस्तै सबैभन्दा निष्ठावान खेलाडीको शीर्ष स्थानमा इटालियन क्लब चिभोका सर्जियो पेलिसियर रहेका छन् । उनले क्लबमा १८ वर्ष १० महिना बिताईसकेका छन् ।
यस्तै सूचीको दोस्रो स्थानमा रोमाका ड्यानियल डी रोस्सी रहेका छन् । त्यस्तै फेनेरवाचका भोल्कान डिमिरेल तेस्रो, मस्कोका इगोर इकेनफेभ चौंथो र लोक्रेनका किलियन ओभरमिरे पाँचौ स्थानमा रहेका छन् ।
सूचीमा को को अटाए ?