एजेन्सी । अष्ट्रेलियाका फुटबलर टिम काहिलले क्रिस्टियानो रोनाल्डो समेत बालोन डि'ओर अवार्डका मुख्य हकदार रहेको बताएका छन् ।
बार्सिलोनाका लियोनल मेस्सी अवार्डको बलियो दाबेदारको रुपमा अगाडी आईरहेको समय काहिलले रोनाल्डोलाई अवार्डको मुख्य हकदारको रुपमा अघि सारेका हुन् ।
दुवैले बर्षको उत्कृष्ट फुटबलरको अवार्ड समान ५ पटक जितेका छन् । मेस्सीले स्पेनिस लिगमा यस सिजन ला लिगा उपाधि सहित ३६ गोल गरेका थिए ।
'रोनाल्डो भन्नुको कारण छ । मानिसहरु सहमत नहुन सक्छन् । तर रोनाल्डोले युभेन्ट्समा गरेको कामलाई हेर्नपर्छ ।' काहिलले भनेका छन् ।
'उनले रियल मड्रिड छाडे । उनी अर्को लिगमा स्थानान्तरण भए । मैले यस्तो काम गर्ने अर्को कुनै खेलाडी देखेको छैन ।' उनी भन्छन् ।
उनले च्याम्पियन्स लिग जित्न सकेनन् । तर उनले कुनैपनि क्लबबाट प्रभाव पार्ने कुरा पुष्टि गरे । उनी थप्छन्, मलाई थाहा छ, मानिसहरु सहमत हुन सक्दैनन् । तर म मात्र व्यवसायीक कुराको स्विकार गर्छु ।