एजेन्सी । चेल्सी प्रशिक्षक माउरिजियो सर्रीले युरोपा लिगको फाईनल खेलको नतिजाले आफ्नो भविष्य निर्धारण नहुने बताएका छन् । लण्डन क्लबको करियरको बिषयमा बोल्दै सर्रीले नतिजाले भविष्यको बिषयमा बोल्ने अवस्थामा तत्काल क्लब छाडेर निस्कने बताए ।
उनले आफ्नो भविष्यको बिषयमा क्लबसंग छलफल गर्ने बताउँदै आफु निकै खुसी रहेको बताए ।
उनले आफ्नो ध्यान युरोपा लिगको फाईनलमा केन्द्रित रहेको समेत उल्लेख गरेका छन् ।
प्रतियोगिताको फाईनलमा चेल्सीले शहरी प्रतिद्वन्दी आर्सनलसंग मे २९ मा प्रतिस्पर्धा गर्दैछ ।
सर्रीको नेतृत्वमा चेल्सीले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । क्लब लिग च्याम्पियन म्यानचेष्टर सिटी भन्दा २६ अंकले पछाडी थियो ।
उनी गत बर्ष जुलाईमा मुख्य प्रशिक्षकको रुपमा लण्डन क्लब आएका थिए ।
उनले अझै दुई बर्षको अवधि बाँकी छ । तर पछिल्लो समय उनी ईटालियन महारथी क्लब युभेन्ट्ससंग जोडिएका छन् ।
'मेरो सम्झौताको अझै दुई बर्ष बाँकी छ ।' सर्रीले भने, 'मैले अन्य क्लबसंग छलफल गरेको छैन । मेरो क्लबसंग फाईनल पछि कुरा गर्नेछु । म जान्न चाहन्छु, उनीहरु मसंग खुसी छन् कि नाई ?'
'म धेरै खुसी छु । तर अवस्थाको बिषयमा छलफल आवश्यक छ । यो सामान्य हो । तिमी क्लबसंग छलफल गर्न आवश्यक छ ।' उनले थपे ।
चेल्सीका केही समर्थकले च्याम्पियन्स लिगको छनोट र युरोपा लिगको फाईनल पुग्दा टिमको खेल्ने शैलीलाई लिएर आलोचना गरेका थिए ।
उनीहरुको भनाई थियो, चेल्सीले म्यानचेष्टर सिटी जस्तै खेलिरहको छ ।
'उनीहरुको खेल्ने तयारी मसंग मिल्दैन । तर यसमा समानता छ । त्यसैले मैले मेरो फुटबल ईङ्ल्याण्डमा खेलिरहेको छु ।' उनले भने ।
चेल्सीले युरोपा लिगको फाईनलमा अजरवैजानमा आर्सनलसंग प्रतिस्पर्धा गरिरहदाँ धेरै चेल्सी समर्थक मैदान पुग्ने छैनन् ।
सर्रीले खेल स्थलको बिषयको समस्या दुवै टिमलाई उत्तिकै हुने बताए ।