एजेन्सी । बार्सिलोनाका स्टार इभान राकिटिकले बार्सिलोना छाड्ने हल्ला निराधार भएको बताएका छन् । स्पेनिस महारथी छाड्दै सिरि ए क्लब ईन्टर मिलान जाने हल्ला उनले अस्विकार गरेका हुन् । उनले आफु बार्सिलोनामै खुसी रहेको समेत बताएका छन् ।
कोस्टारिकाका मिडफिल्डर पछिल्लो हप्ता ५० मिलियन युरोमा ईटालियन क्लबसंग जोडिएका थिए ।
तर ३१ बर्षका मिडफिल्डरले आफुले बार्सिलोना छाड्ने कुनै योजना नबनाएको बताएका छन् ।
'म बर्णन गर्न सक्दिन तर अरु टिमप्रति मेरो सम्मान छ । ईन्टर महान टिम हो । हामीले उनीविरुद्व खेलेका छौ ।' उनले भने, 'मेरा सहकर्मी त्यहाँ छन् । म सम्मान समेत गर्छु । एउटै कुराले सबै चिज त्यहाँ लैजान सक्दैन ।'
'म जहाँ छु, म यही रहन चाहन्छु । यदी उनीहरु मेरो बारे सोच्छन् भने मैले यहाँ राम्रो गरिरहेको छु । तर म बार्सिलोनामा खुसी छु । मेरो परिवार र छोरीहरु खुसी छन् । मेरो अर्को कुनै सोच छैन ।' उनले भनेका छन् ।
राकिटिक भन्छन्,'यो यस्तो अवस्था हो, जसलाई मैले सिर्जना गरेको हैन । मेरो तीन बर्षको सम्झौता अझै बाँकी छ । र यो त्यही ठाउँ हो, जहाँ म रहन चाहन्छु । जहाँ म खुसी छु ।'
'मैले सबै काम राम्रो गरिरहेको छु । मेरो अर्को कुनै सोच छैन । म सबै हल्लाहरु बुझ्न सक्छु । सबैका आ आफ्ना धारणा छन् । म सम्मान गर्छु तर मैले क्लब छाड्ने बिषय सोचेको छैन ।' उनले थपे ।
राकिटिक समावेश टिम च्याम्पियन्स लिगको सेमिफाईनलको दोस्रो लेगको खेलमा प्रिमियर लिग क्लब लिभरपुलसंग स्तब्ध बनेको थियो ।
एनफिल्डमा लिभरपुल टिम ४–० ले विजयी बनेको थियो । तर पहिलो खेलमा उसले ३–० को हार ब्यहोरेको थियो ।