एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने पक्का भएको छ ।
सन्दीपले लगातार दोस्रो सिजन सीपीएल लिग खेल्ने पक्का भएको हो । लण्डनमा जारी ड्राफ्टबाट सन्दीपलाई सीपीएल टिमले अनुबन्ध गरेको छ ।
ड्राफ्टबाट सन्दीपलाई बार्बाडस ट्राइडेन्टसले अनुबन्ध गरेको छ । उनलाई पाँचौ चरणमा बार्बाडस ट्राइडेन्टसले छनोट गरेको हो ।
उनी यस सिजन महङ्गाे मुल्यमा टाेलीमा समावेश भएका छन् । अघिल्लाे सिजन करिब ६ लाखमा अनुबन्धन भएका सन्दीपले यस सिजन करिब ८० लाख प्राप्त गर्नेछन् ।
नेपालबाट लेग स्पिनर सन्दीपसगै तीब्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहित कुमार पौडेल ड्राफ्टमा समावेश छन् ।
सन्दीपले गत सिजनको सीपीएल सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए । गत सिजन सीपीएलमा सन्दिपले ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।
यस संस्करणको सीपीएल आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म हुनेछ । जसमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।