एजेन्सी । च्याम्पियन्स लिग र युरोपा लिग फुटबलको आगामी सिजनबाट चार खेलाडी परिवर्तन (सब्सिच्युड) गर्न पाइने भएको छ ।
युनियन अफ युरोपियन फुटबल एसोसियसन (युइएफए) ले बिहिबार चार खेलाडी सब्सिच्युड गर्न पाउने नियम ल्याएको छ । यसअघि तीन खेलाडी परिवर्तन गर्ने चलन रहेको थियो ।
युइएफएले धेरै अघिबाट यो नियम ल्याउने प्रयास गरेको थियो । गत बर्षको क्लब विश्वकप फुटबलमा रियल मड्रिडका अल्भारो मोराटा चौथो खेलाडीको रुपमा सब्सिच्युड भएका थिए ।
यस्तै युइएफएले कोचिङ स्टाफलाई खेलको दौरान मोबाइल, ट्याब्लेट र ल्यापटप बोक्न पाउने नियम ल्याएको छ ।