काठमाडौं । सर्वोच्च अदालतले निलम्बित नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष बिनोद मैदानीको मुद्वा हेर्न नमिल्ने भन्दै स्थगित गरेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले पेश्की फछ्र्यौटको कारण देखाउँदै मैनालीको सदस्यता नरहने निर्णय गर्दै नयाँ निर्वाचन प्रक्रियामा सहभागि नगराउने निर्णय गरेको थियो ।
सोही निर्णयको विरुद्व मैदानीले बैशाख ३१ गते अदालतमा मुद्वा दायर गरेका थिए ।
न्यायाधिश टंकबहादुर मोक्तानको जेठ १ गतेको एकल ईजलासले मैनालीको सदस्यता तत्काल कायम राख्द अन्तरिम आदेश जारी गर्दै जेठ ८ गते सबै पक्षलाई छलफलमा बोलाएको थियो ।
बुधबारको दैनिक पेसी सुचि अनुसार मुद्वा अनिल कुमार सिन्हा र हरि प्रसाद फुयालको संयुक्त ईजलासमा परेको थियो ।
तर न्यायाधिशले मुद्वा हेर्न नमिल्ने भएपछि मैनालीको मुद्वाको सुनुवाई सरेको हो ।
क्यानको नयाँ निर्वाचन गराउने जिम्मेवारी पाएको स्वतन्त्र कमिटिले पेश्की फछ्र्यौट नगर्ने पदाधिकारीको सदस्यता नरहने गरि निर्वाचनमा सहभागि नगराउने निर्णय गरेको थियो ।
स्वतन्त्र कमिटिले नियतवश निर्वाचन बाहिर राखेर अन्याय गरेको भन्दै निलम्बित क्यानका वरिष्ठ उपाध्यक्षले अदालतमा मुद्वा दायर गरेका थिए ।
अदालतले स्पष्टिकरणको मौका समेत नदिई सदस्यता नदिने निर्णय विधान सम्मत नभएको भन्दै तत्काल सो निर्णय कार्यान्वयन नगर्नरनगराउन स्वतन्त्र कमिटि लगायत विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
वरिष्ठ उपाध्यक्ष मैनालीले मुद्वा हेर्न नमिल्ने कारण देखाउँदै आजका लागि स्थगित भएको खेलपाटीलाई बताए ।
'मुद्वा केही दिन पछि सरेको छ । हाम्रो भन्दा पनि विपक्षी वकिलको कारण मुद्वा स्थगित भएको हो ।' उनले भने ।
मैनालीले आफ्नो मुद्वाले क्यानको निर्वाचन प्रक्रियालाई कुनै असर नगर्ने भन्दै मुद्वा सदस्यता प्राप्तीका लागि मात्र भएको जिकिर गरेका छन् ।