एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले पहिलो पटक अफगानिस्तानमा विश्वकप क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
आसन्न विश्वकप क्रिकेटको प्रशारण र डिजिटल वितरणको योजना सार्वजनीक गर्दै बीसीसीआईले पहिलो पटक अफगानिस्तानमा विश्वकपको प्रशारण गर्ने निर्णय गरेको हो ।
अफगानिस्तानको सरकारी रेडियो, टेलिभिजनले विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण गर्नेछन् ।
क्रिकेट प्रशंसकसंग प्रतियोगिता पुर्याउन आईसीसीले टेलिभिजन, रेडियो र डिजिटल अधिकारसंगै समाचार, सिनेमा, फन पार्क र विभिन्न अन्य मिडियासंग साझेदारीको घोषणा गरेको छ ।
आईसीसीले पुरुष विश्वकप क्रिकेटको प्रशारण साझेदारको रुपमा स्टार स्पोर्ट्ससंगै २५ साझेदार कम्पनीसंग सम्झौता गरेको छ । जसबाट २ सय बढी देशमा विश्वकप हेर्न सकिनेछ ।
भारतमा प्रतियोगिता ७ क्षेत्रीय भाषामा प्रशारण हुनेछ । जसका लागि स्टार स्पोर्ट्सले उत्कृष्ट कमेन्टेटरको टिम बनाएको छ । सो टिममा करिब ५० जना सहभागि हुनेछन् ।
स्टार स्पोर्ट्सले भारतमा अंग्रेजीसंगै हिन्दी, तमिल, तेलुगु, कन्नड, बंगाली र मराठी भाषामार्फत विश्वकपको प्रशारण गर्नेछ ।
भारत र भारतीय उपमहाद्विपमा लगभग ३० करोड दर्शक स्टार स्पोर्ट्सको डिजिटल स्ट्रीमिङ हट स्टारबाट समेत विश्वकप हेर्न सक्नेछन् ।