एजेन्सी । लण्डन क्लब चेल्सीका स्ट्राइकर ओलिभर जेरुडले आफु चेल्सीमा निकै खुसी रहेको बताएका छन् ।
गत सिजन चेल्सी आएका जेरुडले आफु क्लबमा निकै रमाईरहेको र आफ्नो रगत नै चेल्सीको रंग निलो भएको महसुस गरिरहेको बताएका छन् ।
‘मैले जति यहाँ बिताए । मैले रमाइलो गरे । यो मेरो करियरको ठूलो भाग हो । मेरो पहिलो क्लब इग्ल्यान्ड हो र यो मेरो लागि सधै महत्वपूर्ण हुनेछ,' जेरुडले भने, 'अहिले म मेरो रगत निलो भएको महसुस गरिरहेको छु । र, मलाई निलोले धेरै सुहाउछ ।’
विश्वकप विजेता ३२ वर्षीय जेरुड आर्सनलबाट यसै सिजनको सुरुवातमा चेल्सी आएका थिए । जेरुडले मंगलबार मात्र थप एक सिजनको लागि क्लबसंग सम्झौता नवीकरण गरेका छन् । लण्डन क्लबबाट यस सिजन उनले ६२ खेलमा १७ गोल गरेका छन् ।
जेरुडले यहिँ मे २९ मा युरोपा लिगको फाइनलमा पूर्व क्लब आर्सनलविरुद्ध खेल्दैछ । फाइनल खेल अजरबैजानको बाकुमा हुनेछ ।
यस्तै जेरुडले पूर्व क्लबविरुद्ध खेल्न आफु निकै उत्साहित रहेको बताएका छन् । उनले चेल्सीबाट दोस्रो उपाधि जित्न आफु तयार रहेको समेत बताए ।
‘पूर्व क्लबविरुद्ध खेल्न मलाई सधै मनपर्छ । यो निकै कठिन र पीडादायी हुन्छ । तर आफ्नो क्षण र भावनाहरुलाई छेउ लगाउनुपर्छ,’ जेरुडले थपे, ‘म दोस्रो ट्रफी चेल्सीबाट जित्न चाहन्छु । प्रत्येक वर्ष उपाधि जित्नु हाम्रो लक्ष्य हो।’