एजेन्सी । रियल मड्रिडका स्टार ग्यारेथ बेलले फुटबलरको जिवन एक प्रकारको रोबर्ट जस्तै भएको बताएका छन् । जिवनमा छनोटको स्वतन्त्रता नभएका कारणले गर्दा फुटबलरको जिन्दगीलाई उनले रोबर्टसंग तुलना गरेका हुन् ।
वेल्सका अन्तराष्ट्रिय फरवार्ड सन् २०१३ मा रियल मड्रिड आएका थिए । उनले स्पेनिस क्लबबाट चार च्याम्पियन्स लिगको उपाधि उचालेका छन् ।
उनी पछिल्लो समय रियल मड्रिडबाट बाहिरिने चर्चा छ । जिनेदिन जिदानले रियल मड्रिडमा पुनरागमन गर्दा बेलको भविष्यलाई लिएर धेरै प्रश्न उठिरहेका छन् ।
उनले यस सिजन रियल मड्रिडमा निकै खराब सिजन बिताए । उनले ४२ खेलमा मात्र १४ गोल गर्न सके । क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि उनले सो जिम्मेवारी निभाउने अपेक्षा गरिएको थियो ।
‘व्यवसायीक खेलाडीको रुपमा तिमीले त्यो प्राप्त गर्न सक्दैनौ । तिमीले आफ्नै दैनिकी रोज्न सक्दैनौ, जसरी गल्फ वा टेनिस खेलाडीले गर्न सक्छन् ।’ अन्तरवार्ताको क्रममा बेलले भनेका छन् ।
‘सोही कारण तिमी एक रोबर्ट जस्तै हौ । हामी कहाँ हुनपर्छ, कति बेला हुन पर्छ, कसरी खाना पर्छ, कुन समय प्रशिक्षणमा जाने बिषय सबै निर्देशित हुन्छ । एक प्रकारले आफ्नो जिन्दगी गुमाए जस्तो हुन्छ ।’ उनले भने ।
‘तिमी लागेको कुरा गर्न पाउदैनौ । जब तिमीलाई गर्ने ईच्छा हुन्छ । म यि सबै बुझ्न सक्छु ।’ उनले थपे ।
‘अर्को दृष्टिकोणबाट हेर्दा फुटबल करियर निकै छोटो हुन्छ । सोही कारण तिमीले धेरै कुरा त्याग गर्न पर्छ ।’ बेल भन्छन् ।
रियल मड्रिडले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । क्लब च्याम्पियन्स लिग फुटबलमा अजाक्ससंग अन्तिम १६ को खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।