काठमाडौं । वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटको ड्राफ्ट आज (बुधबार) लण्डनमा आयोजना हुँदैछ ।
आगामी सिजनको सीपीएलका लागि नेपाली समय अनुसार साँझ ७:४५ बजेपछि सुरु हुने ड्राफ्टमा नेपालका चार खेलाडी परेका छन् । यस पटकको ड्राफ्टमा कीर्तिमानी ५३६ बिदेशी खेलाडीले स्थान बनाएका छन् ।
नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने, तीब्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहित कुमार पौडेल ड्राफ्टमा अटाएका छन् ।
सन्दीप दोस्रो पटक ड्राफ्टमा परेका हुन् । सन्दीपले गत सिजनको सीपीएल सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए । गत सिजन सीपीएलमा सन्दिपले ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।
अन्य ३ खेलाडी पहिलो पटक परेका हुन् । तीनै खेलाडी ड्राफ्टबाट पहिलो पटक सीपीएल टिममा पर्ने योजनामा छन् । अघिल्लो सिजन सन्दीपको प्रदर्शन र अन्तराष्ट्रिय खेलमा गरेको प्रदर्शनको कारण तीन खेलाडीको सीपीएल टिममा पर्ने सम्भावना रहेको छ ।
यस संस्करणको सीपीएल आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म हुनेछ । जसमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।