एजेन्सी । घरेलु मैदानमा आयोजना हुने आईसीसी एकदिवशीय विश्वकप क्रिकेटका लागि इंग्ल्याण्डले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
इंग्ल्याण्डले मंगलबार घोषणा गरेको १५ सदसीय टिममा ३ खेलाडी परिवर्तन भएका छन् । यसअघि प्रारम्भिक चरणमा टिममा रहेका डेभिड विली, एलेक्स हेल्स र जो डेनली टिमबाट बाहिरिएका छन् ।
उनीहरुको स्थानमा अलराउण्डर जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डसनलाई मौका दिइएको छ ।
इंग्ल्याण्डले इयान मोर्गनको कप्तानीमा विश्वकप खेल्नेछ । सर्वाधिक ५ पटक विश्वकप आयोजना गर्न लागेको इंग्ल्याण्ड विश्वकपको उपाधि उचाल्न सकेको छैन । इंग्ल्याण्ड सन् १९७९, १९८७ र १९९२ को संस्करणको फाइनलमा पराजित भएको थियो ।
यस संस्करणमा इंग्ल्याण्डले मे ३० मा दक्षिण अफ्रीकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।
इंग्ल्याण्ड टिम :
इयान मोर्गन (कप्तान), जोय रुट, जोन्नी बेस्ट्रो, जासन रोय, जोस बट्लर, मोइन अली, क्रिस वोक्स, बेन स्टोक्स, आदील राशिद, लाइम प्लङकेट, जेम्स भिन्स, लियाम डसन, आर्चर जोफ्रा, टम करन, मार्क वुड ।