काठमाडौं । प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता जेठ अन्तिम साताबाट सुरु हुने भएको छ ।
आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ अन्तिम साताबाट कंचनपुरको महेन्द्रनगरमा आयोजना हुने जानकारी गराएको छ ।
जेठ २८ गतेबाट सुरु हुने प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहनेछ । जसमा सात प्रदेश र एक विभागीय टिमको सहभागिता रहने सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए ।
प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछ । खेल तालिका र सहभागी टोलीको पछि आयोजकले जनाएको छ ।
विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पाउने छन् ।
प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराउने आयोजकले जनाएको छ ।