एजेन्सी । स्पेनिस फुटबल फेडेरेसनले भेट्रान गोलकिपर ईकर कासिलासको सम्मानमा स्पेनिस गोलकिपर डेको घोषणा गरेको छ । केही साता अघि अभ्यासको क्रममा कासिलासलाई ह्दयघातका भएको थियो । लगत्तै उनलाई अस्पतालमा लगेर शल्यक्रिया गरिएको थियो ।
कासिलासको लगनशिलता र मेहनतको सम्मानमा फेडेरेसनले मे २० लाई स्पेनिस गोलकिपर डेको रुपमा मनाउने घोषणा गरेको छ ।
कासिलासको ३८ औ जन्म दिनको अवसरमा फेडेरेसनले मे २० लाई स्पेसिन गोलकिपर डेको रुपमा घोषणा गरेको हो । सन् २०१० को विश्वकप विजेता टोलीको कप्तानको सम्मानमा स्पेनिस फेडेरेसनले सो निर्णय गरेको हो ।
कासिलासको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फेडेरेसनले उनको सम्मानमा बिशेष दिनको घोषणा गरेको हो ।