एजेन्सी । बार्सिलोनाका कप्तान तथा स्ट्राइकर लियोनल मेस्सीले क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।
आइतबार राति ला लिगा अन्तर्गत सिजनको अन्तिम खेलमा दुई गोल गरेसंगै क्लबका सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेस्सीले इटालियन क्लब युभेन्ट्सका रोनाल्डोलाई उछिनेका हुन् ।
मेस्सीले लिगको अन्तिम खेलमा इबरविरुद्ध दुई गोल गरेका थिए । इबरमाथिको गोलसंगै मेस्सीले क्लबका लागि ६०२ गोल पुरा गरे । र, रोनाल्डोलाई एक गोलले पछि बनाए । बार्सिलोनाबाट मात्र खेलेका मेस्सीले ६८६ खेलमा ६ सय गोल गोल पुरा गरेका हुन् ।
रोनाल्डोले हालसम्म क्लबका लागि ६०१ गोल गरेका छन् । स्पोर्टिङ लिस्बोन, म्यानचेस्टर युनाईटेड र रियल मड्रिडबात खेलिसकेका रोनाल्डोले ८०६ खेलमा उक्त गोल पुरा गरेका हुन् । क्लबका लागि ६ सयौं गोल पुरा गर्ने पहिलो खेलाडी भने रोनाल्डो हुन् ।
गोल्डेन बुटका दाबेदार मेस्सीले ला लिगामा यस सिजन ३६ गोल गरेका छन् । मेस्सीको उत्कृष्ट प्रदर्शनले बार्सिलोनाले ला लिगाको उपाधि उचाल्यो । यस सिजन सर्वाधिक गोल गर्ने खेलाडी बन्दै मेस्सीले छैंटौ पटक पीचिची अवार्ड समेत जितेका छन् ।
युभेन्ट्सलाई सिरी ए को उपाधि दिलाउन सफल रोनाल्डोले यस सिजन २१ गोल गरे । र, रोनाल्डो क्लब आएको पहिलो सिजन नै सिरी ए फुटबलमा प्लेयर अफ दि इयर चुनिएका छन् ।