काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका दुई खेलाडी सम्मिलित सेथु फुटबल क्लब हिरो वुमन्स आई लिग फुटबलको फाइनल प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइलनमा एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबलाई ८–१ को भारी गोल अन्तरले पराजित गर्दै सेथु उपाधि नजिक पुगेको हो ।
गुरु नानक मैदानमा सुथुको जितमा नेपाली फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । सावित्राले ४१ औं, ५९ औं, ६५ औं र ९० औं मिनेटमा गोल गरेकी थिईन् ।
यस्तै डाग्मी ग्रेसले ह्याट्रिक गर्दा रतनबला देवीले एक गोल गरिन ।
अब बुधबार हुने फाइनलमा सेथुले मनिपुर पुलिससँग खेल्नेछ ।
यसअघि समूह 'बी' मा रहेको सेथु समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । एसएसबी सेन्ट्रल समूह 'ए' को उपविजेता बनेको थियो ।