काठमाडौं । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि विराज महर्जनको कप्तानीमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसिया र चाईनिज ताईपेविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदसीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
नेपालले आगामी जुन २ मा मलेसियासंग उसैको मैदान र जुन ६ मा चाईनिज ताईपेसंग उसैको मैदानमा खेल्दैछ ।
मुख्य प्रशिक्षक कालिनले घोषणा गरेको टिममा नियमित दुई सदस्य विमल घर्ती मगर र भरत खवास परेका छैनन् ।फिटनेसमा कमजोर भएको कारण विमललाई टिममा नराखिएको हो । यस्तै भरत चोटका कारण टिमबाहिर परेका हुन् ।
यस्तै मिडफिल्डर हेमन गुरुङ, डिफेन्डर कमल श्रेष्ठ र दिनेश राजवंशी टिममा परेका छैनन् । अष्ट्रेलियाबाट क्याम्पमा सहभागी हुन आएका जगजित श्रेष्ठ पनि टिममा पारेनन् ।
नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाएका छन् । अन्य खेलाडी पुरानै अनुहार छन् ।
नेपाली टिम :
गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने
डिफेन्डर :विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी, रबि सिलवाल
मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, तेज तामाङ,
फरवार्ड : अभिषेक रिजाल, अन्जन बिष्ट, बिमल राना, नवयुग श्रेष्ठ