काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य विमल घर्ती मगर र भरत खवास नेपाली राष्ट्रिय टिमबाहिर परेका छन् ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसिया र चाईनिज ताईपेविरुद्धको मैत्रीपूर्ण खेलका लागि फरवार्ड विमल र भरतलाई समावेश गरेका छैनन् ।
युवा स्टार विमल हालै माल्दिभ्सको क्लबमा अनुबन्ध भएका छन् । तर, फिटनेसमा कमजोर भएको कारण विमललाई टिममा नराखिएको हो ।
यस्तै भरत नेपाली टोलीका निर्बिकल्प फरवार्ड रहदै आएका थिए । तर, चोटका कारण उनी टिमबाहिर परेका हुन् ।
दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक कालिनले केहि युवा खेलाडीलाई मौका दिएका छन् ।
नेपालले आगामी जुन २ मा मलेसियासंग उसैको मैदान र जुन ६ मा चाईनिज ताईपेसंग उसैको मैदानमा खेल्दैछ ।
नेपाली टिम :
गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने
डिफेन्डर :विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी, रबि सिलवाल
मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, तेज तामाङ,
फरवार्ड : अभिषेक रिजाल, अन्जन बिष्ट, बिमल राना, नवयुग श्रेष्ठ