काठमाडौं । भारतमा जारी हिरो महिला लिग फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित सेथु फुटबल क्लब र एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
गुरु नानक स्टेडियममा सेथुले एसएसबी सेन्ट्रलविरुद्ध खेल्ने सुरुवाती-११ को घोषणा गरेको छ । र, सेथुको प्लेईङ सेटमा सावित्राले स्थान बनाएकी छिन् । अनिता भने प्लेईङ सेटमा पर्न असफल भएकी छिन् ।
समूह 'बी' मा रहेको सेथु समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एसएसबी सेन्ट्रल समूह 'ए' को उपविजेता बनेको थियो ।