एजेन्सी । जर्मन मिडफिल्डर टोनी क्रुसले रियल मड्रिडसंगको अनुबन्ध सम्झौतामा नवीकरण गरेका छन् ।
स्पेनिस क्लब रियलले सोमबार प्रेस विज्ञप्ति निकाल्दै क्रुसले थप चारवर्षको लागि सम्झौतामा नवीकरण गरेको जनाएको छ ।
नवीकरण सम्झौतासंगै प्ले मेकर क्रुस सन् २०२३ को जुन ३० सम्म रियलमा रहने छन् । विश्वकप विजेता क्रुस सन् २०१४ मा वायर्न म्युनिखबाट रियल आएका थिए ।
२९ वर्षे क्रुसले रियलबाट २३३ खेलमा २८ ला लिगा र ८ च्याम्पियन्स लिग गोल गरेका छन् । रियलबाट उनले ११ उपाधि जितेका छन् ।